Kathmandu Press

‘सिंहदरबार कसरी चल्दोरहेछ भन्ने ज्ञान प्राप्त भयो’

‘राजनीतिक दलहरूले ठुलो भारी बोक्नु परेको छ, लाखौं कार्यकर्ताको भारी बोक्नु परेको छ। भातृ संगठनहरूको भारी बोक्नु परेको छ,’ उनले भने, ‘मेरै साथीहरूले योगदानको मूल्य मागिरहेका छन्। पार्टी खोलेको दुई वर्ष भएको छैन मेरो योगदान छ भन्नु हुन्छ अरू पार्टीको त के कुरा गर्नु।’
‘सिंहदरबार कसरी चल्दोरहेछ भन्ने ज्ञान प्राप्त भयो’

काठमाडौं, साउन ३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाँदा गाली खाएको बताएका छन्। रास्वपाको नीति मन्थन कार्यक्रममा बोल्दै उनले सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताएका हुन्।

‘भागबण्डा लिएर सरकारमा जानु भएको थियो नि भन्ने प्रश्न उठेको छ। यसमा एउटा कुरा स्पष्ट गर्न चाहन्छु, यदी हाम्रो पार्टीले राजनीतिक भागबण्डामा आफ्नो भाग खोज्थ्यो भने मन्त्रिपरिषदको बैठकमा खल्तीबाट दुईचार जनाको नाम दिइहाल्थ्यौं,’ उनले भने, ‘तर भागबण्डा नखाने भए सरकारमा किन गएको भनेर अर्कोतिर प्रश्न गर्छन। दलहरूसँग मिलेर जाँदा गाली खाने काम बाहेक केही नहुँदो रहेछ। केही गर्नु थियो, सिक्नु थियो, सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नको लागि हामी भागबण्डामा गएका हौं।’

Hardik ivf

उनले वर्षाै काम गरेको भनेर आफ्नै पार्टीका साथीहरुले योगदानको मूल्य माग्न थालेको आरोप लगाए।

‘राजनीतिक दलहरूले ठुलो भारी बोक्नु परेको छ, लाखौं कार्यकर्ताको भारी बोक्नु परेको छ। भातृ संगठनहरूको भारी बोक्नु परेको छ,’ उनले भने, ‘मेरै साथीहरूले योगदानको मूल्य मागिरहेका छन्। पार्टी खोलेको दुई वर्ष भएको छैन मेरो योगदान छ भन्नु हुन्छ अरू पार्टीको त के कुरा गर्नु।’

उनले पार्टीमा योगदान दिनेहरूलाई राज्यको सम्पत्तिबाट पाल्नु परेको जिकिर गरे। उनले राज्यको स्रोतबाट आफ्ना मानिसहरू पालिने यो सिलसिला नियुक्ति हुनेसम्म पुगेको बताए।

प्रकाशित मिति: १९:२५ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्