मधेशमा कांग्रेसबाट चार मन्त्री थपिए, आजै शपथ
कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर राय नियुक्त भएका हुन्।
धनुषा, साउन ३ : मधेश सरकारमा नेपाली कांग्रेसबाट चार मन्त्री नियुक्त भएका छन्।
कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर राय नियुक्त भएका हुन्।
मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिस बमोजिम प्रदेश प्रमुख कार्यालयले उनीहरुलाई मन्त्रीमा नियुक्ति गरेको हो ।
बिहीबार साँझ ७ बजेट उनीहरुको सपथ कार्यक्रम राखिएको छ।
यता, कुरा नमिलेपछि लोसपा सरकारमा सहभागी भएन। अब मुख्यमन्त्रीसित गृह र सञ्चार मन्त्रालय मात्र बाँकी छ।
प्रकाशित मिति: १८:४१ बजे, बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार