Kathmandu Press

बाजुरा पहिरोले पाँच परिवार विस्थापित

गौमुल–२ का वडाध्यक्ष देवबहादुर रोकायाका अनुसार गाउँमाथि र तलबाट पहिरो बग्न थालेपछि पाँच परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। उनीहरुलाई सहयोग उपलब्ध गराउन गाउँपालिकाले पहल गरिरहेको छ।
बाजुरा पहिरोले पाँच परिवार विस्थापित
फाइल तस्बिर।

बाजुरा, साउन ३ : जिल्लाको भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछि अधिकांश बस्ती जोखिममा परेका छन्। वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन्। दश घर अझै जोखिममा छन्।

गौमुल–२ का वडाध्यक्ष देवबहादुर रोकायाका अनुसार गाउँमाथि र तलबाट पहिरो बग्न थालेपछि पाँच परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। उनीहरुलाई सहयोग उपलब्ध गराउन गाउँपालिकाले पहल गरिरहेको छ।

पहिरोले रनेडाका स्थानीय सालिभान रोकाया, महेन्द्र रोकाया, साउने रोकाया, सगुने रोकाया र देबे सार्कीको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिं कार्कीले जानकारी दिए।

विस्थापित परिवार सुरक्षित स्थानमा त्रिपाल टाँगेर बसेका छन्। सोही बस्तीको तल र माथिबाट आएको पहिरोले १० परिवार जोखिममा छन्। उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गन समन्वय भइरहेको गौमुल गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्