‘संविधान र कानूनलाई शिरमा राखेर काम गर्छु’
‘संविधानले जे दायरा लागू गरेको छ, त्यो दायरा अनुसार नै मैले र मेरो कार्यालयले सम्पूर्ण काम कारबाहीहरु गर्ने छ। यो काम गर्दा हामीले शिरमा संविधान र कानूनलाई राख्छौं,’ उनले भने, ‘संविधान र कानूनले जे निर्दिष्ट गर्छ त्यो भन्दा दायाँ बायाँ हाम्रो कार्यालयबाट केही काम हुँदैन्।’-1721302771.jpg)
काठमाडौं, साउन ३ : नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पदभार ग्रहण गरेका छन्।
बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण लगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
पद भारका क्रममा महान्यायाधिवक्ता बडालले संविधान र कानूनलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘संविधानले जे दायरा लागू गरेको छ, त्यो दायरा अनुसार नै मैले र मेरो कार्यालयले सम्पूर्ण काम कारबाहीहरु गर्ने छ। यो काम गर्दा हामीले शिरमा संविधान र कानूनलाई राख्छौं,’ उनले भने, ‘संविधान र कानूनले जे निर्दिष्ट गर्छ त्यो भन्दा दायाँ बायाँ हाम्रो कार्यालयबाट केही काम हुँदैन्।’
उनले महान्यायाधिवक्ता कार्यालयले अगाडि सारेका योजनालाई अगाडि बढाउने समेत प्रतिवद्धता जनाएका छन्।
महान्यायाधिवक्ता कार्यालयले अभियोजन र सरकारलाई उचित कानुनी सल्लाह दिने, सरकारलाई परेको मुद्दाको प्रतिरक्षा गर्नेलगायत काम गर्ने भएकाले आफूले संवैधानिक दायित्व पूरा गर्ने बडालले प्रतिबद्धता व्यक्त गरे।
उनले बिगो प्रणालीमा मापदण्ड निर्धारण गरी क्षतिपूर्ति निर्धारण गर्ने विषयमा छलफल गर्ने र अभियोजनमा एकरुपता ल्याई अदालतलाई न्याय प्रदान गर्ने काममा सबैबाट सहयोग पाउने विश्वाससमेत व्यक्त गरे।












