Kathmandu Press

दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : मन्त्री दाहाल

मन्त्री दाहालले प्रतिनिधिसभाको बाँकी कार्यकालमा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने बताउँदै सरकार र गठबन्धन जोगाउन लागि पर्ने पनि बताए।
दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : मन्त्री दाहाल

काठमाडौं, साउन ३ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अबको दुई वर्षपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन्।

दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच दुई वर्ष आलोपालो  प्रधानमन्त्री बन्ने सहमति बनेको बताउँदै उक्त भनाई राखेका हुन्।

Hardik ivf

६२औं इन्जिनियर दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री दाहालले प्रतिनिधिसभाको बाँकी कार्यकालमा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने बताउँदै सरकार र गठबन्धन जोगाउन लागि पर्ने पनि बताए।

‘हामीले एउटा प्रतिबद्धता गरौँ भनेर दुईवटा ठूला दलहरूले गरेको सहमती खुला छ। पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन,’ मन्त्री दाहालले भने, ‘अघिल्लो दुई वर्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुने छ। त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ।’

उनले मुलुकलाई राजनीतिक स्थायित्व दिन उक्त सहमति गरिएको पनि प्रष्ट पारे। सरकार र गठबन्धन सफल बनाउनुपर्ने जिम्मेवारी रहेको बताउँदै मन्त्री दाहालले भने, ‘वर्तमान गठबन्धनलाई असफल हुने छुट हामीलाई छैन।’

 

प्रकाशित मिति: १७:१२ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्