Kathmandu Press

कांग्रेसले सार्वजनिक गर्‍यो कोरोनाबारे जानकारी दिन एप

काठमाडौं, चैत २४ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसबारे जानकारी दिने एप सार्वजनिक गरेको छ। 

कांग्रेसको के....

कांग्रेसले सार्वजनिक गर्‍यो कोरोनाबारे जानकारी दिन एप

काठमाडौं, चैत २४ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसबारे जानकारी दिने एप सार्वजनिक गरेको छ। 

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट www.nepalicongress.org/covid19/ मार्फत सोमबार कोरोनाबारे जानकारी दिने एप सार्वजनिक गरेको हो। विभाग प्रमुख एवं प्रवक्ता विश्वप्रकाश शर्माले विशेषज्ञ चिकित्सकको परामर्शमा कोरोनाबारे जानकारी दिने एप सार्वजनिक गरिएको जानकारी दिए। 

वेब एपमा घरमै बसेर पनि कोरोना भाइरस सङ्क्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण जो कसैले गर्न सक्ने उनले बताए।  साथै कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने तथा नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने उक्त वेब एपको विशेषता रहेको छ।
 
नागरिकमा कोरोना जोखिमबारे सचेतना थप अभिवृद्धि गराउने, भौतिकरुपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रुपले ठूलो जनसङ्ख्यालाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने तथा सङ्क्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्‍याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने एपको उद्देश्य रहेको प्रवक्ता शर्माले बताए। 
 
एपको चिकित्सकीय परामर्शका लागि नेपाल मेडिकल एसोसिएशन पूर्वअध्यक्ष, डा अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा वासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएशनका उपाध्यक्ष डा अनिलविक्रम कार्की र फोक्सो रोग विशेषज्ञ डा अशेष ढुङ्गानालाई तोकिएको छ।
 
एपको निर्माण सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का पूर्वकेन्द्रीय सदस्य इन्जिनीयर शशांकश्री न्यौपाने र सिडेनका पूर्वमहासचिव इन्जिनीयर दीपेश विष्टको समूहले गरेको पार्टी कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १७:२१ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्