Kathmandu Press

नवनियुक्त महान्यायाधिवक्ता बडालले लिए शपथ

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई शपथ गराएका हुन्।
नवनियुक्त महान्यायाधिवक्ता बडालले लिए शपथ

काठमाडौं, साउन ३ : नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले विहीबार पद तथा गोपनियताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई शपथ गराएका हुन्।

Hardik ivf

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई बुधबार महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए।

यसअघि पनि ओली प्रधानमन्त्री हुँदा बडाल महान्यायाधिवक्ता भएका थिए। यसअघि २०७७ चैतदेखि २०७८ असारसम्म उनी महान्यायाधिवक्ता भएका थिए।

यसअघिका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि यसअघिका महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

प्रकाशित मिति: १५:४८ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्