Kathmandu Press

द्वारिकाज होटलकी संस्थापक श्रेष्ठको निधन

पेटको समस्याका कारण ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भई उपचाररत श्रेष्ठको बिहान निधन भएको हो।
द्वारिकाज होटलकी संस्थापक श्रेष्ठको निधन

काठमाडौं, साउन ३ : द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार बिहान उपचारकाक्रममा निधन भएको छ।

पेटको समस्याका कारण ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भई उपचाररत श्रेष्ठको बिहान निधन भएको हो।

नेपाल मेडिसिटी अस्पतालले बिहीबार बिहान श्रेष्ठको निधन भएको जनाएको छ । श्रेष्ठ र उनका श्रीमान मिलेर मुलुककै दोस्रो ट्राभल एजेन्सी ‘काठमाडौँ ट्राभल एन्ड टुर्स’ समेत स्थापना गरेका थिए।

काठमाडौं उपत्यकाको ‘आर्किटेक्चर’ शैलीमा ४७ बर्षअघि सन् १९७७ मा द्वारिकाज होटल स्थापना भएको थियो।

प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्