Kathmandu Press

देशको अवस्था प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली

‘देशको अवस्था राम्रो छैन। प्रशंसा गर्न लायक छैन देशको अवस्था। देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ, गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ,’ उनले भने, ‘तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन। हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ।’
देशको अवस्था प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली

काठमाडौं, साउन ३ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन गर्दै  प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोष जनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताए।

Hardik ivf

‘देशको अवस्था राम्रो छैन। प्रशंसा गर्न लायक छैन देशको अवस्था। देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ, गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ,’ उनले भने, ‘तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन। हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ।’

प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठरालाई सहजिलोमा परिणत गर्ने पनि बताए।

‘सरकार अप्ठ्यारा खोज्ने होइन् अप्ठरालाई सहजिलोमा परिणत गर्न समाधान खोज्ने तरिकामा छ । त्यसैले तपाईहरु यसमा ढुक्क हुनुभए हुन्छ,’ उनले भने।

प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्