चितवन मेडिकल कलेजको तेस्रो तलाबाट खसेर विरामीको मृत्यु
अस्पतालबाट खसेर मृत्यु हुनेमा हुप्सीकोट गाउँपालिका– २, का ७६ वर्षीय बलबहादुर खाम्चा मगर रहेको चितवन प्रहरीले जनाएको छ।
चितवन, साउन ३ : भरतपुरस्थित पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर बिहीबार बिहान एक बिरामीको मृत्यु भएको छ।
अस्पतालबाट खसेर मृत्यु हुनेमा हुप्सीकोट गाउँपालिका– २, का ७६ वर्षीय बलबहादुर खाम्चा मगर रहेको चितवन प्रहरीले जनाएको छ।
बिहान साढे ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएका खाम्चा मगरको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
पिसाब थैलीमा क्यान्सर भएका कारण मगर बुधबार उपचारका लागि अस्पतालमा उपचार गर्न आएका थिए। उनी दृष्टिविहीन थिए।
अस्पतालबाट बाहिर निस्किने क्रममा झ्यालबाट खसेको प्रहरीले जनाएको छ। उक्त विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












