Kathmandu Press

राष्ट्रिय सभागृह जलमग्न

गए रातिको भारी वर्षाका कारण पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो। सभागृहको भुइँतलास्थित मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ।
राष्ट्रिय सभागृह जलमग्न

काठमाडौं, साउन ३ : काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ।

गए रातिको भारी वर्षाका कारण पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो। सभागृहको भुइँतलास्थित मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ।

काठमाडौं महानगरपालिका मातहतको सभागृहमा महानगरकै केही कार्यालय पनि छन् । महानगरका ती कार्यालय रहेको भवनमा पनि पानी पसेको छ।

सभागृह परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ।

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्