Kathmandu Press

संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, चैत २४ : सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको....

संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, चैत २४ : सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउनको निर्णय गरेपछि संसदको बैठक बस्न सकेको थियो।

प्रतिनिधिसभा बैठक चैत ७ यता बस्न सकेको छैन। सरकारले चैत ११ गतेदेखि लकडाउनको निर्णय गरेपछि चैत १३ र २३ गतेका लागि बोलाएको बैठक सूचना टाँस गरेर चैत ३० गतेका लागि बोलाइएको थियो।

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, चैत २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्