Kathmandu Press

७७ लाख रुपैयाँ बिगो माग गर्दै पौडेलविरुद्ध थप मुद्दा

उनीविरुद्ध सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार रुपैयाँ जम्मा गरेको दाबी विभागको छ।
७७ लाख रुपैयाँ बिगो माग गर्दै पौडेलविरुद्ध थप मुद्दा

काठमाडौं, साउन २ : राजश्व अनुसन्धान विभागले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

पौडेलविरुद्ध विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्थाविरुद्ध विदेशमा बैंक खाता खोलेर रकम जम्मा गरेको अभियोग छ।

उनीविरुद्ध सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार रुपैयाँ जम्मा गरेको दाबी विभागको छ।

विदेशी विनिमय (नियमित गर्ने) ऐनको व्यवस्था विपरीतको कसूर गरेको भन्दै अमेरिकी डलर ५८ हजारको हिसाबले हुन आउने ७७ लाख पैँतालीस हजार नौ सय रुपैयाँ बिगो कायम गर्दै अदालतमा मुद्दा दायर भएकाने हो।

अभियोगपत्रमा उक्त ऐनको दफा १७ (१) बमोजिम बिगोको तेब्बर जरिवाना गर्न मागदावी लिईएको छ। बिगोको तेब्बर हिसाव लगाउँदा २ करोड, ३२ लाख, ३७ हजार सात सय रुपैयाँ जरिबाना हुन आउँछ।

पौडेलविरुद्ध यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार प्रकरणका मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

 

प्रकाशित मिति: १९:११ बजे, बुधबार, साउन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्