Kathmandu Press

एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ८ अर्ब ३५ करोड बिगो दाबी

विशेष अदालतमा दायर मुद्दाका प्रतिवादीबाट ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रूपैयाँ ४६ पैसा बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ। अख्तियारले बुधबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०/८१ को उक्त प्रगति विवरण सार्वजनिक गरेको हो।
एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ८ अर्ब ३५ करोड बिगो दाबी

काठमाडौं, साउन २ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा भ्रष्टाचारका २०१ मुद्दा विशेष अदालतमा दर्ता गरेको छ।

विशेष अदालतमा दायर मुद्दाका प्रतिवादीबाट ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रूपैयाँ ४६ पैसा बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ। अख्तियारले बुधबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०/८१ को उक्त प्रगति विवरण सार्वजनिक गरेको हो।

Hardik ivf

अख्तियारले दायर गरेका मुद्दामा गैरकानूनी लाभहानी ५८ घुस (रिसवत) ४८, नक्कली शैक्षिक प्रमाण–पत्र ३४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी ३४, राजस्व चुहावट/हिनामिना १३, गैरकानूनी सम्पत्ति आर्जन ११ र विविध ३ वटा गरी २०१ वटा छन्। ती आरोपपत्रमा प्रतिवादी संख्या १५२० जना रहेका अख्तियारले जनाएको छ।

विषेश अदालतबाट भएका फैसलाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको संख्या ९२ रहेको छ। अख्तियारले दायर गरेका मुद्दामा राष्ट्रसेवक कर्मचारी ५२४, निर्वाचित जनप्रतिनिधि १०१, मनोनित पदाधिकारी १८१, व्यवसायी–९१, लेखापढी व्यवसायी–२, विचौलिया–२ र अन्य व्यक्ति ६१९ जना छन्।

अख्तियारका अनुसार उक्त आर्थिक बर्षमा विभिन्न माध्यमबाट प्राप्त उजुरी संख्या २६ हजार ५२२ थिए। अघिल्लो आर्थिक वर्ष २०७९/८० बाट ९ हजार २६८ जिम्मेवारी सरेर आएका थिए। कुल ३५ हजार ७९० उजुरीहरु आयोगमा थिए। जसमध्ये २७ हजार ३५७ उजुरी फर्छ्यौट गरिएका छन्। कुल उजुरी संख्याको करिब ७६.४९ प्रतिशतको टुंगो लागेको हो।

अख्तियारले घुसमा रङ्गेहात कारबाहीको संख्या ३१ रहेको छ। उनीहरुबाट ५२ लाख ४२ हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ। रङ्गेहात कारबाहीमा ४४ जना पक्राउ परेका व्यक्तिमध्ये कुल राष्ट्रसेवक कर्मचारी ३२ रहेको विज्ञप्तिमा उल्लेख छ। ९ जना लेखापढी व्यवसायी/बिचौलिया/मतियार र ३ जना वडाध्यक्ष पनि रङ्गेहात समातिएका छन्।

प्रकाशित मिति: १९:१० बजे, बुधबार, साउन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्