Kathmandu Press

शिक्षा क्षेत्रमा भएका सबै समस्या समाधान हुन्छ : मन्त्री भट्टराई

‘शिक्षा क्षेत्रभित्र रहेका समस्याका बारेमा हामी सबै अवगत नै छौं। यसको लागि हामी सबै र सरकार बसेर कसरी समाधान गर्ने भन्ने सुझाव र सल्लाहाकै आधारमा म अगाडि बढ्ने नै छु,’ उनले भनिन्, ‘किनभने व्यवस्थापिका र कार्यपालिकाबीचको सहकार्य र समन्वयबिना जनतालाई केही पनि नतिजा दिन सक्दैनाैं।’
शिक्षा क्षेत्रमा भएका सबै समस्या समाधान हुन्छ : मन्त्री भट्टराई

काठमाडौं, साउन २ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा भएको समस्या समाधान गर्न सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

बुधबार  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासंग भएको छलफलमा उनले नीतिगत रुपमा मन्त्रालयले योजना बनाएर अगाडि बढ्ने भन्दै जनतालाई नतिजा दिनेअगाडि बढ्ने बताइन्।

Hardik ivf

‘शिक्षा क्षेत्रभित्र रहेका समस्याका बारेमा हामी सबै अवगत नै छौं। यसको लागि हामी सबै र सरकार बसेर कसरी समाधान गर्ने भन्ने सुझाव र सल्लाहाकै आधारमा म अगाडि बढ्ने नै छु,’ उनले भनिन्, ‘किनभने व्यवस्थापिका र कार्यपालिकाबीचको सहकार्य र समन्वयबिना जनतालाई केही पनि नतिजा दिन सक्दैनाैं।’

मन्त्री भट्टराईले शिक्षा प्रणालीमा समस्या भएको बताउँदै त्यसलाई समाधान गर्ने गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्यो भने मात्र समस्याको समाधान हुन सक्ने बताइन्। शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्न संसद्सँग समन्वय र सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले ऐनको व्यवस्था अनुसार मन्त्रालयले कसरी काम गर्ने भन्ने कुरामा कार्य योजना बनाएर अगाडि बढ्ने बताइन्। सांसदका सुझावका आधारमा शिक्षा क्षेत्रमा पाठ्यक्रम, परीक्षालगायत विषयमा प्रणालीगत समीक्षा गरी अघि बढ्ने बताइन्।

मन्त्री भट्टराईले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा कम विद्यार्थी उत्तीर्ण भएको विषयमा आफू गम्भीर भएको बताउँदै अब हुने पुरक परीक्षालाई व्यवस्थित गर्न लागिपरेको जनाइन्।

विश्वविद्यालयमा वार्षिक क्यालेण्डरको कार्यान्वयन हुन थालेको उल्लेख गर्दै उनले कार्यान्वयन पक्ष प्रभावकारी र समयसापेक्ष बनाउन पहल गर्ने बताइन्।

बैठकमा सांसदहरुले शिक्षकलाई अधिकारका साथै कर्तव्यमा पनि सचेत गराउनुपर्ने, दरबन्दी मिलान गर्नुपर्ने, एसइईमा कम विद्यार्थी उत्तीर्ण भएको विषयमा अध्ययन गर्नुपर्ने, मातृभाषा शिक्षालाई प्राथमिकता दिनुपर्ने, शिक्षक र कर्मचारीका आन्दोलनमा उठेका विषयको सम्बोधन हुनुपर्नेलगायत सुझाव दिएका थिए।

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, साउन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्