Kathmandu Press

नेप्से परिसूचक ५४ अंकले बढ्यो

आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौं सय ३७ किता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो।
नेप्से परिसूचक ५४ अंकले बढ्यो

काठमाडौं, साउन २ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ। आज नेप्से परिसूचक ५४.०४ अङ्कले बढेर दुई हजार तीन सय  ६४.६३ को विन्दुमा कायम भएको हो।

आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौं सय ३७ किता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो।

आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ७.३० प्रतिशतले बढेको छ। आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २ छ। उसको सेयर ९.९० प्रतिशतले घटेको छ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भनेको छ।

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, साउन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्