Kathmandu Press

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं, चैत २४ :  राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार द....

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
फाइल

काठमाडौं, चैत २४ :  राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

गभर्नरमा नियुक्त भएका अधिकारी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पनि हुन्।

गभर्नर डा. चिरिञ्जीवी नेपालको कार्यकाल सकिएपछि गत फागुन ५ गतेदेखि राष्ट्र बै‌ंकको गभर्नर पद रिक्त थियो। नेपालले अवकाश पाएपछि  कार्यवाहक गभर्नरका रूपमा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले काम गरिरहेका थिए। 

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले राष्ट्र बैंकको गभर्नरका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी, पूर्व अर्थसचिव राजन खनाल र डेपुटी गभर्नर चिन्तामणि सिवोकाटीको नाम सरकारलाई सिफारिस गरेको थियो। 

समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको हो। 

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, चैत २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्