Kathmandu Press

प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबारका दिन विश्वासको मत लिने तयारी भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने

काठमाडौं, साउन २ : नवनियुक्त प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने तयारी भएको छ।

प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबारका दिन विश्वासको मत लिने तयारी भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ।

Hardik ivf

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने र त्यसपछि विश्वासको मत लिने तय भएको जनाइएको छ।

संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। प्रधानमन्त्री ओली प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थिए।

प्रकाशित मिति: १५:५९ बजे, बुधबार, साउन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्