Kathmandu Press

सभापति देउवाद्वारा महिला संघको भवन शिलान्यास

कति ठाउँमा शिलान्यास गर्ने तर भवन निर्माण नहुने समस्या रहेको भन्दै उनले भवन निर्माण गरि उद्घाटन नै गर्नका लागि शुभकामना दिएका छन्।
सभापति देउवाद्वारा महिला संघको भवन शिलान्यास

काठमाडौं, साउन २ : नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरेका छन्।

शिलान्यास गर्दै सभापति देउवाले भवनको शिल्यानास गर्ने मौका पाउँदा आफूलाई सौभाग्यशाली ठानेको बताएका छन्।

कति ठाउँमा शिलान्यास गर्ने तर भवन निर्माण नहुने समस्या रहेको भन्दै उनले भवन निर्माण गरि उद्घाटन नै गर्नका लागि शुभकामना दिएका छन्।

‘यो भवनको शिलान्यास गर्ने मैले मौका पाएको छु, त्यो मेरा लागि धेरै ठूलो सौभाग्यको कुरा पनि हो। प्राय के हुन्छ भने शिलान्यास गर्ने यत्तिकै छोड्ने पनि हुन्छ,’ ‘त्यसैले मैले त अझ के भन्छु भने उद्घाटन गर्न बोलाउँनुहोस् शिलान्यास गर्न बोलाउँदै नबोलाउनुहोस् पनि भनेको छु। त्यसैले यो भवनको शिलान्यास मात्र होईन भवन निर्माण होस् र उद्घाटन गर्न पाईयोस्।’

त्यस्तै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक हुँदै गणतन्त्रात्मक संविधानबाट अधिकार प्राप्तिका लागि पार्टीका महिला नेतृहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

 

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, साउन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्