बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना
लण्डन, चैत २४ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। कोरोनाभाइरसको संक्रमण देखिएको १० दिनसम्म घरमै क्वारेन्टाइनमा बसेका जोनसन आइ....

लण्डन, चैत २४ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। कोरोनाभाइरसको संक्रमण देखिएको १० दिनसम्म घरमै क्वारेन्टाइनमा बसेका जोनसन आइतबार साँझ अस्पताल भर्ना भएका हुन्।
कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले उनलाई लन्डनस्थित अस्पतालमा र्पुयाइएको हो। उनको सोमबारको अवस्था सामान्य रहेको बताइएको छ।
कोरोना भाइरसको संक्रमणको देखिएको १० दिन बितिसक्दा पनि उनलाई निरन्तर उस्तै लक्षणहरु देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको उनका चिकित्सकले बताएका छन्।
प्रकाशित मिति: १६:३५ बजे, सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












