Kathmandu Press

बंगलादेशमा आन्दोलन चर्किपछि नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

बंगलादेशमा विद्यार्थीले गरेको कोटा विरोधी प्रदर्शनका कारण शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी र निजी विश्वविद्यालय, शैक्षिक संस्थाहरू तत्कालको लागि बन्द गरेको छ।
बंगलादेशमा आन्दोलन चर्किपछि नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौं, साउन २ : बंगलादेशमा आन्दोलन चर्किएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासले आग्रह गरेको छ।

बंगलादेशमा विद्यार्थीले गरेको कोटा विरोधी प्रदर्शनका कारण शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी र निजी विश्वविद्यालय, शैक्षिक संस्थाहरू तत्कालको लागि बन्द गरेको छ।

यही सन्दर्भमा ढाकास्थित नेपाली दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा अध्ययनरत सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो।

दूतावासले अर्को सूचना जारी नभएसम्मका विद्यालयहरू बन्द हुने विज्ञप्तिमा जनाएको छ। ढाकास्थित नेपाली दूतावासले नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको छ।

विद्यार्थीहरूलाई आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नसमेत भनिएको छ। कलेज प्रशासनले विद्यार्थीलाई होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा दूतावासलाई खबर गर्न भनिएको छ।

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, साउन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्