Kathmandu Press

मन्त्री अधिकारीको आश्वासनपछि कर्मचारीको आन्दोलन स्थगन, काममा नफर्कने

प्राविधिक कर्मचारीले धर्ना स्थगित गरे पनि आफ्नो माग पूरा नहुँदासम्म काममा भने नफर्कने बताएका छन्।
मन्त्री अधिकारीको आश्वासनपछि कर्मचारीको आन्दोलन स्थगन, काममा नफर्कने

काठमाडौं, साउन २ : गत असार १६ गतेदेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूले बुधबारदेखि आन्दोलन स्थगन गरेका छन्।

नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र माग संवोधन गर्ने भन्दै आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन्। कृषि मन्त्रालय अन्तर्गतका प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास नभएको बताउँदै धर्नामा बसेका थिए।

प्राविधिक कर्मचारीले धर्ना स्थगित गरे पनि आफ्नो माग पूरा नहुँदासम्म काममा भने नफर्कने बताएका छन्।

करिब तीन सयको संख्यामा प्राविधिक कर्मचारीले मन्त्रालयको गेटमा धर्ना दिएका कारण सेवा प्रवाहमा समस्या उत्पन्न हुँदै आएको थियो।

प्रकाशित मिति: १३:३० बजे, बुधबार, साउन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्