Kathmandu Press

वाईवाईले विश्वकप खेलेका क्रिकेटरलाई प्रोत्साहन स्वरुप १० लाख रूपैयाँ दियो

पूर्व घोषणा बमोजिम सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाको २ लाख १६ हजार, छक्काको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी क्यानलाई हस्तान्तरण गरेको हो।
वाईवाईले विश्वकप खेलेका क्रिकेटरलाई प्रोत्साहन स्वरुप १० लाख रूपैयाँ दियो

काठमाडाैं, साउन २ : चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउले गत महिना सम्पन्न टि–२० विश्वकप खेलाडीलाई प्रोत्साहन स्वरुप एकमुष्ट १० लाख रुपैयाँ उपलब्ध गाएको छ। पूर्व घोषणा अनुसार वाईवाईले एक कार्यक्रमबीच बुधबार नेपाल क्रिकेट संघलाई सो रकम हस्तान्तरण गरेको छ।

वाईवाईले विश्वकपमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख, प्रत्येक जितमा एक लाख ५० हजार र अर्धशतकमा ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो । यस्तै प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार, हरेक चौका ८ हजार र हरेक रनमा एक हजार रुपैयाँ वाइवाइले प्रदान गर्ने घोषणा गरेको थियो ।

Hardik ivf

पूर्व घोषणा बमोजिम सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाको २ लाख १६ हजार, छक्काको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी क्यानलाई हस्तान्तरण  गरेको हो।

सो अवारमा क्यान सचिव पारस खड्का, म्यानेजर विनोद दास, खेलाडीहरु सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, ललित राजवंशी, गुल्सन झा, कलमसिंह ऐरी लगायत उपस्थित थिए।

प्रकाशित मिति: १३:२० बजे, बुधबार, साउन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्