Kathmandu Press

क्वारेन्टाइनमा बसेका व्यक्तिको निगरानी अब एप्सबाट

काठमाडाैं, चैत २४ :  गृह मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी (cobuddy) एप्स पनि सञ्चालनमा ल्याएको छ। यसअघि क्वारेन्टाइ....

क्वारेन्टाइनमा बसेका व्यक्तिको निगरानी अब एप्सबाट

काठमाडाैं, चैत २४ :  गृह मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी (cobuddy) एप्स पनि सञ्चालनमा ल्याएको छ। यसअघि क्वारेन्टाइनबाट मानिस भागिरहेका बेला अब एप्सले त्यसको निगरानी गर्नेछ।

उक्त एप्स जसले पनि प्रयोग गर्न सक्दैन। राज्यको निकायले जो–जो क्वारेन्टाइनमा बस्नुपर्छ भनेर तोकेको हुन्छ, ती व्यक्तिका लागि एप्स प्रयोग गरिन्छ। त्यसलाई एक्टिभेट गर्न विशेष कोड हुन्छ। सोमबारदेखि काठमाडौं, भक्तपुरमा, बाग्लुङ्, कञ्चनपुर र कैलालीबाट उक्त एप्स प्रयोग गरिँदैछ।  

एप्स प्रयोगमा आएपछि मानिस क्वारेन्टाइनबाट निस्कनेबित्तिकै सम्बन्धित कार्यालयमा सूचना प्राप्त हुने भएकाले तत्कालै एक्सनमा जान सकिने छ। एपबाट व्यक्तिको अनुहार स्क्यानिङ गरेपछि प्रवेशको अनुमति मिल्नेछ। मास क्वारेन्टाइनमा उक्त एप्स प्रयोग गर्दा अझै प्रभावकारी हुनेछ। 

क्वारेन्टाइनमा बसेका मानिस छाडेर अन्यत्र जाँदा अनुहार पहिचान गर्ने प्रविधिको सहयोगले तुरुन्तै प्रहरी वा स्थानीय निकायलाई खबर पुग्छ। आपत्कालीन अवस्थामा फोन नचल्दा पनि एपमार्फत सहयोग लिन सकिनेछ। आफूलाई ज्वरो आयो या कुनै समस्या भयो भने एप्सबाटै सन्देश पठाउन सकिनेछ। यसले स्थलमार्ग वा हवाइमार्गबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न पनि सहयोग गर्नेछ। 

उक्त एकीकृत सूचना प्रणाली ‘आफ्नो नेपाल’ नामक संस्थाको नेतृत्वमा स्मार्ट टेलिकम र प्रो–एमर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरी नेपाल सरकारलाई निःशुल्क सहयोग गरिएको हो। अयदगममथ एप्समा विशेष कोड नम्बर हालेपछि फ्रन्ट क्यामरा खोलेरभित्र प्रवेश गर्न सकिने आफ्नो नेपालका अध्यक्ष समीर पन्थीले जानकारी दिए।  

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, चैत २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्