Kathmandu Press

पाटन अदालतमा ६६.०१ प्रतिशत मुद्दा फछ्यौट

यो आर्थिक वर्षको फछर्यौट लक्ष्य ९ हजार ४ सय ५ रहेकोमा लक्ष्यभन्दा बढी अर्थात १० हजार तीन थान मुद्दा फछर्यौट भई लक्ष्यको तुलनामा १०६.३५ प्रतिशत प्रगति भएको जनाएको छ। अदालतले रिट निवेदनको दर्ता गत वर्षको भन्दा करिव एक हजार संख्याले बढेको जनाएको हो।
पाटन अदालतमा ६६.०१ प्रतिशत मुद्दा फछ्यौट

काठमाडौं, साउन १ : उच्च अदालत पाटन र मातहतका अदालतहरुले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन गरेको छ। उच्च अदालत पाटनले ६६.०१ प्रतिशत मुद्दा फछ्यौट भएको जनाएको छ।

विज्ञप्ति अनुसार आर्थिक वर्ष २०७९/०८० मा ५ हजार ४४ चान मुद्दा जिम्मेवारी गरी आएकोमा आर्थिक वर्ष २०८०/८१ मा थप १० हजार १ सय ९ थान मुद्दा नयाँ दर्ता भएर ६६.०१ प्रतिशत मुद्दा आर्थिक वर्षमा फछर्यौट भएको जनाएको हो।

यस्तै फछर्यौट हुन बाँकीमध्ये दुईवर्ष समयअवधी नाघेको मुद्दाको संख्या २१ थान रहेका छन्  गत आर्थिक वर्ष २०७९/८०मा फछर्यौट हुन बाँकी संख्यामध्ये दुई वर्ष नाघेको मुद्दाको संख्या २१७ थान रहेको थियो।

Hardik ivf

आर्थिक वर्ष २०८०/०८१ मा जम्मा लगत अनुमान १३ हजार ६ सय ८७ रहेकोमा अनुमान भन्दा बढी मुद्दा दर्ता हुन आएको र लगत मुद्दा १५ हजार १ सय ५३ कायम भएका छन्।

यो आर्थिक वर्षको फछर्यौट लक्ष्य ९ हजार ४ सय ५ रहेकोमा लक्ष्यभन्दा बढी अर्थात १० हजार तीन थान मुद्दा फछर्यौट भई लक्ष्यको तुलनामा १०६.३५ प्रतिशत प्रगति भएको जनाएको छ। अदालतले रिट निवेदनको दर्ता गत वर्षको भन्दा करिव एक हजार संख्याले बढेको जनाएको हो।

यस आर्थिक वर्षमा ८१० थान मुद्दा मेलमिलापमा पठाईएकोमा २० प्रतिशत मुद्दा सफल भएको छन्।

उच्च अदालत पाटन र यस अदालत अन्तर्गत हेटौंडा इजलास तथा मातहतका जिल्ला अदालतहरूमा आर्थिक वर्षमा कुल १ लाख २ हजार ८ सय ८९ थान मुद्दाको लगत रहेकोमा सोमध्ये ५६ हजार ३ सय १४ थान अर्थात ५४.७३ प्रतिशत फछर्यौट भएका छन्।

४६ हजार ५ सय ७५ थान फछर्यौट हुन बाँकी रहेको छन्। चौकी मुद्दाहरुमध्ये २ हजार ३ सय ६२ थान मुद्दा २ वर्ष नाघेका छन्।

गत वर्षको तथ्यांकको आधारमा सम्पूर्ण देशभरकै उच्च अदालतहरुको मुद्दाको भारको तुलनामा पाटन उच्च अदालतमा ३३.१९ प्रतिशत रहेको छ।

प्रकाशित मिति: १९:५६ बजे, मंगलबार, साउन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्