महान्यायाधिवक्ताको राजिनामा राष्ट्रपतिद्वारा स्वीकृत

काठमाडौं, साउन १ : महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार स्वीकत भएको छ।
पोखरेलले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका थिए। प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि पोखरेलले राजिनामा दिएका हुन्।
पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि पोखरेल २०७९ साल पुस १४ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए। उनले दिएको राजीनामा सोमबार स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १७:३० बजे, मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












