Kathmandu Press

सेयर बजारमा उछाल, नेप्से २३ सय अंकभन्दा माथि

कुल २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सेयर बजारमा उछाल, नेप्से २३ सय अंकभन्दा माथि

काठमाडाैं, साउन १ : सेयर कारोबार मापक नेप्से परिसुचक २६ महिना यताकै उच्च विन्दूमा पुगेको छ। नेप्से परिसूचक ७०.१८ अंक बढेर २३१०.५९ विन्दुमा पुगेको छ।

कुल २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

Hardik ivf

कुल २३४ कम्पनीको मूल्य बढ्यो भने ८ वटा कम्पनीको मूल्य घट्यो। म्युचुअल फन्डबाहेक सबै उपसमूहको बढ्यो। जीवन बिमा ३१८.८५, होटल तथा पर्यटन २०१.९६ अंकले बढेको छ।

सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभपलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो ।केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकै दिन सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १७.१८ अंकले घटेर २ हजार २ सय ४०.४१ बिन्दुमा पुगेको थियो।

आइतबार करिब ५३ अंकले बढेर बन्द भएको नेप्सेमा सोमबार १७ अंकको गिरावट आएको हो। आइतबारसहित अघिल्ला चार कारोबार दिन लगातार नेप्से बढिरहेको थियो।

कारोबार रकमका आधारमा ङादी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, जानाकी फाइनान्स र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

 

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, साउन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्