राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलले मंगलबार आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ प्रमाणीकरण गरेका हुन्।
काठमाडौं, साउन १ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले मंगलबार आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेका हुन्।
प्रकाशित मिति: १६:०५ बजे, मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार