Kathmandu Press

नयाँ सरकारले जनतामा आशा जगाएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिवद्धता पनि जनाए।
नयाँ सरकारले जनतामा आशा जगाएको छ : प्रधानमन्त्री

काठमाडौं, साउन १ : प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारका कारण जनतामा आशा जागेको बताएका छन्।

ओलीले नयाँ सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने समेत बताए। मंगलबार बालुवाटारस्थित सरकारी निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा ओलीले उक्त भनाई राखेका हुन्।

Hardik ivf

प्रधानमन्त्री ओलीले कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिवद्धता पनि जनाए।

‘सरकार समयसमयमा परिवर्तन भइरहन्छ। तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा जगाएको छ। र, सिंगै देशलाई पनि जगाएको छ। म यति भन्न चाहन्छु– नेपाली जनतामा जुन विश्वास जागेको छ,’ कार्यक्रममा ओलीले भने, ‘आशा भरोसा जागेको छ। सुशासनका लागि, विकास र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढंगले पाओस्।’

जनताको आसा र भरोसा कायम हुनेगरी सरकारले पहिलो क्याबिनेटबाट नै आफ्नो कामलाई अघि बढाएको पनि उनले बताए। आफू यत्तिकै प्रधानमन्त्री हुुनका लागि मात्र पदमा नआएका्े पनि ओलीले बताए।

प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, साउन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्