Kathmandu Press

‘कानून बमोजिम आवश्यक सुधार गर्न तयार छु’

मंगलबार न्यायपालिकाको पाँचौं पञ्जवर्षीय योजनाको सार्वजनिकीकरण कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री चौरसियाले न्यायपालिकाले उच्चकोटीको न्याय सम्पादन गरिरहेको दाबी गरे।
‘कानून बमोजिम आवश्यक सुधार गर्न तयार छु’

काठमाडौं, साउन १ : नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले न्याय क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि कानून बमोजिम आवश्यक सुधार गर्न आफू तयार रहेको बताएका छन्।

मंगलबार न्यायपालिकाको पाँचौं पञ्जवर्षीय योजनाको सार्वजनिकीकरण कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री चौरसियाले न्यायपालिकाले उच्चकोटीको न्याय सम्पादन गरिरहेको दाबी गरे।

‘नेपालको न्यायपालिका जसरी न्याय सम्पादन गरिरहेको छ त्यो उच्चकोटीको छ। आज म नेपालको कानूनमन्त्रीको नाताले माननीय श्रीमानहरुलाई के आश्वस्त पार्न चाहन्छु भने न्याय क्षेत्रमा भएका अप्ठ्याराहरुलाई कानून बमोजिम आवश्यक सुधार गर्नका लागि म तयार छु,’ मन्त्री चौरासियाले भने।

उनले न्यायपालिका, व्यवस्थापिका र  कार्यपालिकामा नेपालको संविधानले सन्तुलन मिलाउने काम गरेको बताए।

व्यवस्थापिकाले कानून बनाउने, संशोधन गर्ने, कार्यपालिकाले त्यसको कार्यान्वयन गर्ने र ती कानूनहरु संविधान बमोजिम छन् कि छैनन् र कार्यपालिका उच्छृंखल हुनबाट रोक्न कानून पालन गराउने न्यायपालिका उनले बताए।

मन्त्री चौरासियाले न्यायपालिकाले लोकतन्त्रलाई थप सुदृढ बनाउन सहयोग गरेको बताए।

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, साउन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्