Kathmandu Press

परराष्ट्रमन्त्री डा.राणा र भारतीय राजदूतबीच भेट

भेटमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री डा.राणा र भारतीय राजदूतबीच भेट

काठमाडौं, साउन १ : नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणासँग मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।

श्रीवास्तवले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर मंगलबार डा. राणासँग भेटवार्ता गरेका हुन्।

भेटमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा राणाले सोमबारबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन्।
 
प्रकाशित मिति: १४:४० बजे, मंगलबार, साउन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्