Kathmandu Press

संखुवासभामा पहिरोमा पुरिए २ जनाको मृत्यु

मंगलबार बिहान गएको पहिरोमा परी एकै परिवारका ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको हो।
संखुवासभामा पहिरोमा पुरिए २ जनाको मृत्यु

संखुवासभा, साउन १ : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

मंगलबार बिहान गएको पहिरोमा परी एकै परिवारका ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको हो।

सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङका अनुसार पहिरोसँगै खसेको विशाल ढुंगाले किचेर उनीहरूको मृत्यु भएको हो। उनीहरू सासु–बुहारी हुन्।

ढुंगाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन्।

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, साउन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्