नवनियुक्त महिलामन्त्री साहद्वारा पदभार ग्रहण
पदभार सम्हालेसँगै उनले महिला, बालाबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं, साउन १ : सोमबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएका नवलकिशोर साह सुडीले आज पदभार ग्रहण गरेका छन्।
पदभार सम्हालेसँगै उनले महिला, बालाबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरेर बढीभन्दा बढी परिणाममुखी कार्य गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।
‘कर्मचारीको साथ र सहयोगबिना मन्त्रीको एक्लो प्रयासबाट लक्ष्य हासिल हुँदैन,’ उनले भने।
पुष्पकमल दाहला नेतृत्वको सरकारमा उनी वन तथा वातावरणमन्त्री थिए।
प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार