Kathmandu Press

परराष्ट्रमन्त्री डा.राणालाई पाकिस्तानी विदेशमन्त्रीले दिए बधाई

आफ्ना नेपाली समकक्षी डा. राणालाई मंगलबार एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकट सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको बताएको काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ।
परराष्ट्रमन्त्री डा.राणालाई पाकिस्तानी विदेशमन्त्रीले दिए बधाई
Hardik ivf

काठमाडौं, साउन १ : परराष्ट्रमन्त्री डा. आरजु राणालाई पाकिस्तानका विदेशमन्त्री इशाक दारले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

आफ्ना नेपाली समकक्षी डा. राणालाई मंगलबार एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकट सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको बताएको काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ।

यसअघि सोमबार भारतका विदेश मामिलामन्त्री एस जयशंकरले पनि डा.राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, साउन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्