Kathmandu Press

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतबीच भेट

दुई बीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको बताइएको छ।
उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतबीच भेट

काठमाडौं, साउन १ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ।

मंगलबार बिहान उपप्रधानमन्त्री सिंहको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो।

Hardik ivf

भेटमा राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताएका थिए।

दुई बीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको बताइएको छ।  

सो अवसरमा भारतको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो। दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको थियो।

प्रकाशित मिति: १२:४६ बजे, मंगलबार, साउन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्