Kathmandu Press

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए शुभकामना

पाकिस्तानी प्रधानमन्त्रीले ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उनीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौँ, साउन १ : प्रधानमन्त्री केपी ओलीलाई पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बधाई एवं शुभकामना दिएका छन्।

पाकिस्तानी प्रधानमन्त्रीले ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उनीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन्।

पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शहबाजले व्यक्त गरेका छन्।

प्रकाशित मिति: ११:१५ बजे, मंगलबार, साउन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्