घुस लिएको आरोपममा दुई प्राविधिक अख्तियारको नियन्त्रणमा
दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारले नियन्त्रणमा लिएको हो।
दार्चुला, साउन १ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपममा दुई जनालाई नियन्त्रणमा लिएको छ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारले नियन्त्रणमा लिएको हो।
कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा अख्तियारको टोलिले मोहनसिंह धामी र अशोकसिंह धामीलाई चार लाख १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारेको हो।
उनीहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र अशोकसिंह धामीको नाममा काटिएको दुई लाख ५० हजारको दुईवटा चेक गरी पाँच लाखको चेकसहित अख्तियारले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: १०:५९ बजे, मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार