सेयर बजार सन्तुलित रुपमा अघि बढ्छ : अर्थमन्त्री
मन्त्रालयको पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने बताए। उनले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने पनि बताएका छन्।
काठमाडौं, असार ३१ : नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विकास वित्तमा भएका अभावहरूको समस्या समाधान गर्ने बताएका छन्।
मन्त्रालयको पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने बताए। उनले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने पनि बताएका छन्।
‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू छन्। सबैसँग सहकार्य गरेर समाधान गर्नुपर्छ। अर्थतन्त्रका समस्या समाधान गर्न सरकार अभिभावकका रुपमा अघि बढ्छ,’ उलने भने, त्यसैले विकास र वित्तका नयाँ विकल्प खोज्न अध्ययन समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको छु।’
पौडेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी सरकारले आफ्ना काम अघि बढाउने बताए।
प्रकाशित मिति: १७:१२ बजे, सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(70)-1765084987.jpg)






-1764753058.png)
-1764751301.jpg)
