Kathmandu Press

सरकारको कोरोना उपचार कोषमा एक अर्ब ३२ करोड जम्मा 

काठमाडौं, चैत २४ : सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ रुपैयाँ सं....

सरकारको कोरोना उपचार कोषमा एक अर्ब ३२ करोड जम्मा 
फाइल

काठमाडौं, चैत २४ : सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ रुपैयाँ संकलन भएको छ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको उक्त कोषमा आइतबार मात्र  १३ करोड १७ लाख ११ हजार ७५० जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए।  

उनका अनुसार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले ५० लाख, सिभिल बैंक लिमिटेडले ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले आठ लाख दुई हजार ९४८ र दुर्गाबहादुर क्षेत्रीले तीन लाख रुपैयाँ कोषमा जम्मा गरेका छन्। 

त्यस्तै, कोषमा नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति-संस्थाबाट कूल १२ लाख ५८ हजार ८०२ रुपैयाँ जम्मा भएको छ।  कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुनेक्रम बढेको छ। रासस

प्रकाशित मिति: १४:५२ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्