Kathmandu Press

आज विपिन कार्की अभिनित ‘एल्ममुनिको तिर्खा’ देखाइँदै

काठमाडौं, चैत २४ : क्वारेन्टाइन अभियन नाट्य उत्सवअन्तर्गत सोमबार विपिन कार्की अभिनित नाटक ‘एल्ममुनिको तिर्खा’ देखाइँदै छ।

लकडाउन....

आज विपिन कार्की अभिनित ‘एल्ममुनिको तिर्खा’ देखाइँदै

काठमाडौं, चैत २४ : क्वारेन्टाइन अभियन नाट्य उत्सवअन्तर्गत सोमबार विपिन कार्की अभिनित नाटक ‘एल्ममुनिको तिर्खा’ देखाइँदै छ।

लकडाउनपछि सुरु भएको नाट्य उत्सवको आज एघारौं दिन हो। ग्रिक मिथमा आधारित युजिन ओनिलद्वारा लिखित ‘एल्ममुनिको तिर्खा’ प्रसारण गर्न लागिएको आयोजकले जनाएको छ।

Hardik ivf

अमेरिकी निर्देशक डेवोरा मेरोलाले निर्देशन गरेको यस नाटकलाई भिडियोमार्फत देखाउन लागिएको हो। यो नाटक गुरुकुल थिएटरमा मञ्चन भएको थियो। गुरुकुलमा मञ्चन भएको यो नाटक दर्शक रुचाउने नाट्य उत्सवका निर्देशक केदार श्रेष्ठको विश्वास छ।

रंगमञ्च र चलचित्रमा उत्कृष्ट अभिनय गर्न सफल नायक विपिन कार्कीले पनि नाटक हेर्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘कृपया हेरिदिनुहोला, घरमै बसिदिनुहोला, सुरक्षित रहनुहोला।’

नाटकमा समाज भएका बन्धनभित्र रुम्लिएका पात्र देखाइएको छ। पात्रहरु आफ्नो आशा र आकांक्षा कायम गर्न प्रयासरत रहन्छन्। यसमा त्रास र व्यक्तिगत निराशा देखिन्छ।

यो नाटक विपिन कार्की, राजकुमार पुडासैनी, कमलमणि नेपाल, सरस्वती चौधरी, सरिता गिरी, भोलाराज सापकोटा, अरुणा कार्की, प्रवीण खतिवडालगायतको अभिनय रहेको छ। थिएटर मलले बेलुकी ५ बजे फेसबुक पेजमार्फत प्रशारण गर्नेछ।

 

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्