‘स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आयो’
‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन्। मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ लगायत अनेक भनेका छन्,’ उनले फेसबुकमा लेखेका छन्।
काठमाडौं, असार ३० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मुकुल ढकालले उपाध्यक्ष स्वर्णिम वाग्लेको सचिवालयबाट आफूलाई कुट्ने धम्की आएको बताएका छन्।
उनले आइतबार सामाजिक सञ्जाल मार्फत वाग्लेको सचिवालयबाट आफूलाई कुट्ने धम्की आएको बताएका छन्।
‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन्। मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ लगायत अनेक भनेका छन्,’ उनले फेसबुकमा लेखेका छन्।
उनले हिजो राति नै इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको बताएका छन्।
अनुशासनविरित काम गरेको भन्दै ढकाललाई रास्वपाले महासचिवबाट निलम्बन गरेको छ।
प्रकाशित मिति: १२:२७ बजे, आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार