Kathmandu Press

सिमलताल दुर्घटना : गैंडाकोटमा थप एक व्यक्तिको शव भेटियो

शव नदीबाट निकालेर भरतपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। शव सिमलताल पहिरोले त्रिशुलीमा बगएकको बसका यात्रुको हुनसक्ने आशंका गरिएको छ।
सिमलताल दुर्घटना : गैंडाकोटमा थप एक व्यक्तिको शव भेटियो
फाइल तस्बिर।

चितवन, असार २९ : पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव भेटिएको छ।

शव नदीबाट निकालेर भरतपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। शव सिमलताल पहिरोले त्रिशुलीमा बगएकको बसका यात्रुको हुनसक्ने आशंका गरिएको छ।

यसअघि आजै बिहान भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको थियो भने शनिबार तीन शव भेटिएको थियो।

२८ गते बिहान पहिरोले दुई वटा यात्रु बस त्रिशुलमा खसाल्दा अझै करिब ५ दर्जन यात्रु वेपत्ता छन्।

प्रकाशित मिति: ११:३२ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्