Kathmandu Press

गोलाघाटमा भेटियो चौथो व्यक्तिको शव

शुक्रबार बिहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुई वटा बस पहिरोले त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुको भएको आशंका गरिएको छ।
गोलाघाटमा भेटियो चौथो व्यक्तिको शव
फाइल तस्बिर।

चितवन, असार ३० : भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको छ। नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा आइतबार बिहान अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको हो।

शुक्रबार बिहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुई वटा बस पहिरोले त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुको भएको आशंका गरिएको छ।

शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।

शनिबार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो। उनीहरु बसका यात्रु भएको पुष्टी भइसकेको छ।

प्रकाशित मिति: १०:५८ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्