उरुग्वे कोपा अमेरिका फुटबलको तेश्रो स्थानमा
आज बिहान भएको खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उरुग्वे तेस्रो भएको हो ।काठमाडौं, असार ३० : कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वे विजयी भएको छ । आज बिहान भएको खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उरुग्वे तेस्रो भएको हो ।
ब्याङक अफ अमेरिका स्टेडियममा भएको खेल निर्धारित ९० मिनेट २–२ गोलको बराबरी भएपछि पेनाल्टीमा पुगेको थियो । क्यानडाका इस्माइल कोन र जोनाथन डेभिड तथा उरुग्वेका रोड्रिगो बेन्टाङ्कर र लुइस सुवारेजले समान एक गोल गरेपछि बराबरी भयो । तर पेनाल्टीमा क्यानडा पराजित भयो ।
क्यानडा बुधवार भएको पहिलो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनासँग २–० गोलले र उरुग्वे बिहीवार भएको दोस्रो सेमिफाइनलमा कोलम्बियासँग १–० ले पराजित भएको थियो । कोपा अमेरिका फुटबलको उपाधिका लागि भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्नेछन् ।
प्रकाशित मिति: ०८:३५ बजे, आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
आईपिएल अक्सन : अर्शादीप र चहल पञ्जाबमा आबद्ध हुँदा केएल राहुल दिल्लीमाआइतबार, मंसिर ९, २०८१
ऋषव पन्त बने आईपिएल इतिहासकै महँगा खेलाडीआइतबार, मंसिर ९, २०८१
क्रिकेट खेलाडीलाई नेपाली कांग्रेस स्याङ्जाले गर्यो गदसहित सम्मानआइतबार, मंसिर ९, २०८१