Kathmandu Press

डोनाल्ड ट्रम्पको चुनावी सभामा गोली चल्यो

शनिबार पेन्सिलभानियाको बट्लरमा चुनावी सभामा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
डोनाल्ड ट्रम्पको चुनावी सभामा गोली चल्यो

काठमाडौं, असार ३० : अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी सभामा अन्धाधुन्ध गोली चलेको छ। शनिबार पेन्सिलभानियाको बट्लरमा चुनावी सभामा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

रिपब्लिकन उम्मेदवार ट्रम्पले सम्बोधन गरिरहँदा चलेको गोली उनको कानमा लागेको छ। चुनावी सभामा गोली चलेको भिडिओहरू सार्वजनिक भएका छन्। भिडिओमा ट्रम्प भाषण गरिरहँदा  गोली चल्छ। गोली चल्नेबित्तिकै ट्रम्प र उनका दायावायाँ रहेकाहरू घुँडा टेकेर पोडियमपछाडि बसेका थिए।

सुरक्षाकर्मीहरूले घेरा हालेर सुरक्षित तुल्याएपछि पोडियपछाडिबाट उठेका ट्रम्पको दायाँ कानबाट रगत बगिरहेको भिडिओमा देखिन्छ। त्यसपछि ट्रम्पलाई उनको कारसम्म लगिएको थियो।

समाचार संस्था रोयटर्सका अनुसार गोली चलाउने संदिग्ध व्यक्तिलाई त्यहाँ उपस्थित रहेका सुरक्षाकर्मीले गोली प्रहार गरी मारेको छ। संदिग्धका बारेमा तत्काल केही खुलेको छैन। 

प्रकाशित मिति: ०८:०० बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्