Kathmandu Press

देशलाई समृद्ध बनाउन स्रष्टाहरुको सक्रियता आवश्यक छ : खनाल

उनले सिंगो देशलाई समृद्ध बनाउने काममा सबै स्रष्टाहरुले सक्रियतापूर्वक योगदान गर्नुपर्ने भन्दै यसमा सबैको साथ आवश्यक भएको बताए।
देशलाई समृद्ध बनाउन स्रष्टाहरुको सक्रियता आवश्यक छ : खनाल

काठमाडौं, असार २९ : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई सम्पन्न संस्कृती भएको देशमा रुपान्तरण गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।  

शनिबार इलाम कलाकार समाज काठमाडौंद्वारा आयोजित इलाम साङ्गीतिक सम्मान कार्यक्रममा उनले सिंगो देशलाई समृद्ध बनाउने काममा सबै स्रष्टाहरुले सक्रियतापूर्वक योगदान गर्नुपर्ने भन्दै यसमा सबैको साथ आवश्यक भएको बताए।

Hardik ivf

‘इलामको संस्कृतीको विकासलाई अझै अगाडि बढाउनुका लागि सबै स्रष्टाहरुले निरन्तर अगाडि बढ्नुहुन्छ भन्ने विश्वास छ । र एउटा प्रगतिवादी कला, साहित्य र संस्कृतीको विकास गर्ने र सुखी र समृद्ध इलाममा रुपान्तरण गर्ने र सिंगो देशलाई त्यसरी नै समृद्ध बनाउने काममा सबैले सक्रियतापूर्वक योगदान गरौं,’ उनले भने, ‘देशलाई एउटा सम्पन्न संस्कृती भएको देशमा रुपान्तरण गर्ने काममा हामी सबै लाग्ने छौ भन्ने विश्वास लिएको छु।’

उनले इलामले धेरै स्रष्टाहरुलाई जन्माएको र धेरै लामो समयदेखि संस्कृती विकासको प्रवाहमा अगाडि बढ्दै आएको पनि बताए।

प्रकाशित मिति: १९:३९ बजे, शनिबार, असार २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्