Kathmandu Press

नारायणी नदी किनारमा भेटियो शव, त्रिशूलीमा हाइरहेको बसका यात्रु हुनसक्ने आशंका

उनी भारतीय नागरिक ऋषि साह रहेको उनको साथमा रहेको रासन कार्डका अधारमा खुलेको प्रहरीले जनाएको छ।
नारायणी नदी किनारमा भेटियो शव, त्रिशूलीमा हाइरहेको बसका यात्रु हुनसक्ने आशंका

चितवन, असार २९ : चितवनको भरतपुर महानगरपालिका २८ मा एक भारतीय नागरिकको शव फेला परेको छ।

नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

उनी भारतीय नागरिक ऋषि साह रहेको उनको साथमा रहेको रासन कार्डका अधारमा खुलेको प्रहरीले जनाएको छ।

उनजी सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ। त्यहाँ ग्लोबल आइएमई बैंकको एटिम कार्ड पनि भेटिएकाले थप परिचयका लागि प्रहरीले बैंकसँग समन्वयन गरिरहेकोछ।

शवलाई प्रहरीले मुचुल्का गरेर शव जिल्ला अस्पताल भरतपुर लगेको छ।

सिमलतालमा शुक्रबार‍ बिहान पहिरोसँगै २ वटा यात्रुबहाक बस बगाउँदा ५० बढी यात्रु बेपत्ता भएका छन्।

प्रकाशित मिति: १२:१७ बजे, शनिबार, असार २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्