Kathmandu Press

वाटर ड्रोन मार्फत त्रिशूलीमा बेपत्ता बस र यात्रुहरू खोजिँदै

पानीभित्रै गएर खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित बस तथा यात्रुहरुको खोजीकार्य सुरु गरिएको प्रहरीले जनाएको छ। र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने बताइएको छ।
वाटर ड्रोन मार्फत त्रिशूलीमा बेपत्ता बस र यात्रुहरू खोजिँदै

चितवन, असार २९ : शुक्रबार पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको दुई यात्रुवाहक बस र त्यसभित्र रहेका यात्रुहरुको वाटर ड्रोन प्रयोग गरेर खोजी थालिएको छ।

पानीभित्रै गएर खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित बस तथा यात्रुहरुको खोजीकार्य सुरु गरिएको प्रहरीले जनाएको छ। र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने बताइएको छ।

Hardik ivf

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोर सहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजीकार्यमा परिचालित भएको छ।

साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित छन्।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको र काठमाडौंबाट गौरतर्फ जाँदै गरेका २ बस शुक्रबार बिहान सिमलतालमा पहिरोले त्रिशुली नदीमा खसेको थियो। सुरक्षाकर्मीको टोलीले शुक्रबार दिनभर खोजी गरेपनि बसको पर्दा बाहेक केही भेट्न सकेको थिएन।

प्रकाशित मिति: १०:२० बजे, शनिबार, असार २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्