Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बैठकमा बदलिँदो पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, असार २९ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

दिउँसो २ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई आमन्त्रण गरिएको छ।

बैठकमा बदलिँदो पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: १०:४६ बजे, शनिबार, असार २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्