मान्छेबाट बाघमा पनि सर्यो कोरोना
काठमाडौं, चैत २४ : जनावरबाट मान्छेमा सरेको कोरोना भाइरस विस्तारै मान्छेबाट मान्छेमा सर्न थालेपछि विश्वव्यापी महामारीको रुप लिएको छ। अहिले भने कोरोना म....

काठमाडौं, चैत २४ : जनावरबाट मान्छेमा सरेको कोरोना भाइरस विस्तारै मान्छेबाट मान्छेमा सर्न थालेपछि विश्वव्यापी महामारीको रुप लिएको छ। अहिले भने कोरोना मान्छेबाट बाघमा सरेको पाइएको छ।
आइतबार दिउसो न्यूयोर्कमा रहेको ब्रोंक्स चिडियाखानामा रहेको एउटा बाघमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ। अमेरिकाको कृषि विभागले यको घोषणा गरेको छ।
चिडियाखानामा रहेका सात बाघ बिरामी परेका छन्। तिमध्ये एउटामा कोरोना भाइरसका १९ वटा लक्षणहरु देखिएपछि परीक्षण गरिएको थियो। परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
जंगली जनावरमा पनि कोरोना भाइरस संक्रमण भएको यो नै पहिलो केश रहेको चिडियाखानाका प्रमुख पशु चिकित्सक पल केलले बताएका छन्।
अहिले नादिया नामको मलायन बाघमा संक्रमण देखिएको हो। अरुमा पनि संक्रमण हुनसक्ने आशंका गरिएको छ। उनका अनुसार, अहिले लक्षण नदेखिएपनि संक्रमित जुकिपर (चिडियाखाना संरक्षण गर्ने मान्छे)सँग सम्पर्कमा आएकाले सरेको हुनसक्छ।
चीनले गरेको एक अध्ययनअनुसार, बाघ बिरालो प्रजातीमा पर्ने भएकाले घरेलु र जंगली दुवै जनावर कोरोनाको लागि संवेदनशील छन्। उनीहरुले एक–अर्कामा सार्न पनि सक्छन्। हालको अवस्थामा यसले अरु कुन कुन जनावरहरुमा सार्न सक्छ भन्ने विषयमा वैज्ञानिकहरुको अध्ययन जारी नै रहेको जनाएको छ।











